Action India
अन्य राज्य

लकडाउनपछि शैक्षिक संस्थानहरू खोल्नुपर्ने सम्बन्धमा विभागको तयारीलाई लिएर बैठक सम्पन्न

लकडाउनपछि शैक्षिक संस्थानहरू खोल्नुपर्ने सम्बन्धमा विभागको तयारीलाई लिएर बैठक सम्पन्न
X

गान्तोक । एएनएन (Action News Network)

राष्ट्रव्यापी लकडाउन हटाएपछि शैक्षिक संस्थानहरू खोल्नुपर्ने सम्बन्धमा विभागको तयारी र व्यवस्था विषय सोमबार राज्यपाल गङ्गा प्रसादले शिक्षा मन्त्री केएन लेप्चा र अतिरिक्त मुख्य सचिव, शिक्षा विभाग जीपी उपाध्यायसित एक बैठक गरे। राजभवन अनुसार बैठकमा राज्यपालका अतिरिक्त मुख्य सचिव डा. के. जयकुमार तथा अन्य अधिकारीहरू पनि उपस्थित थिए।

राज्यपालले राज्यका विश्वविद्यालय र उच्च शिक्षा संस्थानहरूका चिन्ताप्रति मन्त्री र विभागको ध्यान आकर्षित गराए। उनले शैक्षिक संस्थानहरू खोलिनु अगावै विभागलाई सुरक्षा प्रोटोकल र व्यवस्था सम्बन्धी नीति दिशानिर्देश र कार्य योजना तयार गर्न आह्वान गरे। यसैगरी, उनले शैक्षिक क्षेत्रको संचालन शुरू गर्नअघि सबै पक्षहरूलाई ध्यानमा राखेर एक संशोधित रणनीति तयार गर्न बल दिए।

अर्कोतिर, मन्त्री लेप्चाले विभागद्वारा विभिन्न हितधारकहरूको सर सल्लाहमा तयार गरिएका कार्य योजनाहरूबारे जानकारी दिए। उनले राज्यमा शैक्षिक संस्थानहरूको संचालनलाई ध्यानमा राख्दै केन्द्रिय मानव संसाधन विकास मन्त्रालयको दिशानिर्देश अनुसार विभागले एक विस्तृत नीति दिशानिर्देश तयार गर्न पहल गरिरहेको पनि अवगत गराए।

यसैगरी, अतिरिक्त मुख्य सचिवले लकडाउन अवधि विभिन्न अनलाइन माध्यमहरूद्वारा संचालन भइरहेका कक्षाबारे जानकारी दिए। उनले लकडाउनपछि सिक्किम फर्किआउने विभिन्न शैक्षिक संस्थानहरूका लगभग 6 हजार विद्यार्थीलाई लिएर विभाग चिन्तित रहेको बताए।

Next Story
Share it